सिभिल बैंकद्वारा ‘अद्वितीय नेपाल’ शीर्षकको क्यालेण्डर सार्वजनिक

काठमाडौँ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ सञ्चालनमा आएको सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शीर्षकमा नेपाली नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।
कोरेना महामारीको कारण करिब धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्ने बैंकले विश्वास लिएको छ । उक्त क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तब्यहरूको छोटो टिप्पणी समावेश गरिएको छ । यस क्यालेण्डरका तस्वीर इमेज पसल डटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको तस्बिरहरू हुन् ।
यस क्यालेण्डरले नेपालको भ्रमण गन्तव्यहरूका बारेमा जानकारी दिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।
यस्तै, यस बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच सिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ ऋणपत्रको क्रम संख्या १ देखि ३० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट पोखरेल र एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका थिए ।
उक्त डिबेञ्चर लक्ष्मी क्यापिटल मार्केटमार्फत बिक्री खुल्ला गरिएको थियो र वितरण भएको ३० लाख कित्ता डिबेन्चर अब २०७८ चैत्र ३० बाट नेपाल स्टक एक्स्चेञ्जमा कारोबार गर्न सकिने छ ।













सिन्धुलीमा पिकनिक खाएर फर्किँदै गरेको मिनी ट्रक दुर्घटना, १५ घाइते
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
युक्रेनी ड्रोन आक्रमणबाट रुसमा २४ जनाको मृत्यु
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया