सिंहलाई आर्थिक सहयोग प्राप्त हुने, आज तपाईको राशिफल कस्तो ?

काठमाडौं । आजको मिति ३० चैत बुधबार,२०७८ सालको अन्तिम दिन । जनबोलीमा आजको दिनलाई मसान्त पनि भनिन्छ । तद्नुसार अप्रिल १३ तारिक २०२२ । चैतशुक्लपक्ष द्धादशी तिथि, बब करण, मघा नक्षत्र, गण्ड योग, चन्द्रमा सिह राशिमा रहेको छ । आजको देवता अग्नी र ग्रहदेव शनि रहेको छ ।
आज विहान सूर्योदय ५:४२ र सूर्यास्त ६:२७ मा हुनेछ । बुधबारको दिन घर गृहस्थसम्बन्धी कार्य गर्दा शुभ हुनेछ । बर्षको अन्तिम दिन भएकाले बर्षभरी गरेका कार्यहरुको समीक्षा गर्ने दिन हो । भोलिबाट नयाँ बर्ष शुरु हुनेछ ।
अब लागौं आजको राशिफलतर्फ
मेष
मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने देखिन्छ ।आफ्नो स्वास्थ्यमा ध्यान दिनु होला । मित्रजन र घर परिवारबाट साथ सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ ।
वृष
तपाईले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । आर्थिक हानी लाभ दुवै हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनसँग वादविवाद हुनसक्छ ।
मिथुन
आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । ध्यान साधनामा समय विताउनु भयो भने मनमा उर्जा प्राप्त हुनेछ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला ।
कर्कट
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु होला । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपजस आउनसक्छ । त्यसैले आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर पालना गर्नुहोला ।
सिंह
तपाईलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । सकारात्मक सोच लिनु वेश हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।
कन्या
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।
तुला
तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।
वृश्चिक
समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ ।
धनु
तपाईलाई व्यापार ब्यबसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, परिवारबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कुमारी कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् ।
मकर
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नु अघि एकपटक सोच्नुहोला । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरुको साथ सहयोगले नयाँ काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शनपछि शुरु गरेको काम सफल हुनेछ ।
कुम्भ
कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्यसमस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु होला । आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यहरुले तपाईमाथि अनावश्यक आरोप पनि लगाउन सक्छन् ।
मीन
विहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । काममा धैयता र नियमित काम बाहेक नयाँ काम नगर्नुहोला । ब्यापार ब्यबसायमा लाभ हुनेछ । शिवालय यात्रा फलदायी हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । आजको दिन घर गृहस्थको लागि केही नयाँ सामग्री खरिद गर्न सक्नुहुनेछ ।













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया