एनआरएनले गर्यो – गैरआवासीय नेपालीलाई नेपालका बैंकमा डलर खाता खोल्न अनुरोध

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने भएको छ । संघको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
‘छलफलमा विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर एकाउन्ट खोल्न अनुरोध गर्ने र एकाउन्ट बाट कम्तीमा एक हजार डलर सम्बन्धित देशको बैंकमार्फत नेपाल मा ट्रान्सफर गर्न अनुरोध गर्ने निर्णय गरेको छ,’ संघले जारी विज्ञप्तिमा उल्लेख छ ।
सोमबार संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विदेशी मुद्रा ९डलर०को कमीलाई कसरी कम गर्न सकिन्छ भनेरे अर्थमन्त्री, राष्ट्रबैंकका गभर्नर लगायतको उपस्थितिमा १३ अप्रिलमा जुममार्फत छलफल गर्ने कार्यक्रम पनि तय गरेको छ ।
यसैगरी बैठकले विदेशबाट अनलाइनमार्फत डलर खाता खोल्दा आइपर्ने प्राविधिक समस्याका बारेमा अध्ययन गरि नेपाल सरकारका प्रतिनिधिलाई जानकारी दिन उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा सबै उपाध्यक्ष रहने गरि एक कार्यदल समेत गठन गरेको छ ।
आकस्मिक बैठकले कोषाध्यक्षहरुको नेतृत्वमा सबै सहकोषाध्यक्ष रहने गरी डलर खाता खोल्नको लागि चाहिने कागजी प्रक्रिया र आर्थिक पक्षको अध्ययन गरी सबै गैरआवासीय नेपालीलाई जानकारी गराउने र एकाउन्ट खोल्न सहजीकरण गर्ने निर्णय गरेको छ ।
















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया