आइतबार, वैशाख ६, २०८३

सांघाइमा कोभिड बढेको बढ्यै, प्रतिबन्ध उल्लंघन गर्नेलाई कडा कारबाही

मेरोन्यूज २०७८ चैत ३० गते १२:३४

सांघाई । कोभिड १९ लकडाउन सम्बन्धी नियम उल्लंघन गर्ने जो कोहीलाई कडा कारबाही गरिने सांघाइले चेतावनी दिएको छ । लकडाउनबीच संक्रमितको संख्या बढिरहेका बेला सो चेतावनी आएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सांघाइमा दैनिक संक्रमितको संख्या २५ हजार नाघेको छ । सहर प्रहरी विभागले एउटा सूचना जारी गर्दै कोभिड उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

‘यस सूचनाको प्रावधान उल्लंघन गर्नेलाई सार्वजनिक सुरक्षा निकायबाट कानुन बमोजिम कडा कारबाही गरिने छ । यदि यो अपराध हो भने उनीहरूलाई कानूनअनुसार अनुसन्धान गरिनेछ’ विभागले एक विज्ञप्तिमा भनिएको छ ।

‘एउटै हृदयले महामारीसँग लड्न र प्रारम्भिक विजयको लागि मिलेर काम गर्नसमेत विभागले आह्वान गरेको छ ।

प्रतिक्रिया