आक्रमणमा २३ को मृत्यु

मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ ।उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले सो हमला गरेका थिए । उक्त हमलामा परेर ती नागरिकको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
अज्ञात हतियारधारीहरुले यस नगरका दुई फरक फरक समुदायका नागरिकमा हमला गरेका थिए । बेन्यू प्रान्तका प्रहरी प्रवक्ताले सो आक्रमणले यहाँका दुई फरक समुदायलाई तारो बनाएको बताउनु भएको छ । त्यस क्रममा भएका आक्रमणमा परेर यहाँका स्थानीय गाउँलेको ज्यान गएको थियो । सोमबार राति भएको सो आक्रमणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उक्त राज्यमा विगत लामो समयदेखि विभिन्न जातिका बीचमा हत्याको शृंखला नै चल्ने गरेको छ ।एकले अर्काे जातिका मानिसमाथि यसरी सांघातिक हमला गर्ने र मानिसको ज्यान नै लिने गरेका समाचारहरु सो प्रान्तमा प्रायः आउने बताइएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया