आइसीसी वरियता : दीपेन्द्र विश्व वरियताको शीर्ष १० भित्र

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् ।
आइसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन् ।
दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसिसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो ।
यसअघि यो उपलब्धी नेपाली टोलीका पूर्व कप्तान पारस खड्काको नाममा थियो । पारसले ट्वान्टी २० अलराउन्डर वरीयताको २५औँ स्थान हासिल गरेका थिए ।
घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् ।
यस्तै, ट्वान्टी २० बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । पछिल्लो हप्ता वरीयताको ३७औँ स्थानमा रहेका सन्दीप नयाँ वरीयताको ३८औँ स्थानमा छन् ।
यस्तै, ट्वान्टी २० बलिङ वरीयताको शीर्ष सयभित्र अटाएका नेपाली टोलीका अर्का बलर अविनास बोहरा वरीयताको ८६औँ स्थानमा छन् ।
ट्वान्टी २० ब्याटिङ वरीयतामा कुशल भुर्तेल ३६औँ र दीपेन्द्र ३८औँ स्थानमा छन् । यस्तै, ब्याटिङ वरीयताको शीर्ष सयभित्र अटाएका आसिफ ९९औँ स्थानमा छन् ।
यस्तै, एकदिवसीय वरीयतामा कप्तान सन्दीप लामिछाने ४८औं स्थानमा छन् ।
















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया