युक्रेनको हमलामा रुसी मिसाइल क्रुजरमा आगो
किभ । युक्रेनको हमलामा रुसी युद्धपोत क्षतिग्रस्त भएको अनुमान गरिएको छ । हमलापछि निस्केको आगोका कारण रुसी मोस्कभा मिसाइल क्रुजर नराम्रोसँग क्षतिग्रस्त भएको हो ।
आगो लाग्नुअघि सो क्रुजरमा ठूलो विस्फोट भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनले यसअघि युद्धपोतलाई युक्रेनमा निर्मित नेप्च्युन मिसाइलले प्रहार गरेको दाबी गरेको थियो ।
युक्रेनी राष्ट्रपतिका सहयोगी ओलेक्सी अरेस्तोभिचले रुसी उद्धारकर्ताहरू क्रुजरमा पुग्न असफल भएको बताएका छन् । क्रुजरमा ५१० जना चालक दलका सदस्यहरू रहेको हुनसक्ने अनुमान गरिएको छ ।
“स्नेक टापुमा हाम्रा सीमा गार्डहरूले पठाएको स्थानमा क्षेप्यास्त्र क्रुजर मोस्कभा पठाइएको पुष्टि भएको छ‘, ओडेसा क्षेत्रीय गभर्नर म्याक्सिम मार्चेन्कोले आफ्नो टेलिग्राम पोस्टमा लेखेका छन् ।
उनले २४ फेब्रुवरीमा अरीमा रुसी आक्रमणको पहिलो दिन भएको घटनाबारे सन्र्दभ उल्लेख गरेका छन् ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया