मकरलाई सम्मान मिल्ने, अन्य राशीको दिन कस्तो छ ?

आज २ वैशाख, २०७९ शुक्रबार । तद्नुसार अप्रिल महिनाको १५ तारिक २०२२ । चैतशुक्लपक्ष चतुर्दशी, गर करण, उत्तरफाल्गुनी नक्षत्र, चन्द्रमा कन्या राशिमा छ । आज बिहान सूर्योदय ५ः४० भएको छ भने सूर्यास्त ६ः२९ मा हुनेछ । आजको देवता भूमि र ग्रहदेव केतु हुन् ।
बिहीबारदेखि नयाँ वर्ष शुरुवात भए पनि शनिबार पूर्णिमापछि मात्र वैशाख कृष्णपक्ष शुरु हुनेछ । शुक्रबार मनोरन्जनात्मक कार्यका लागि समय खर्च हुने गर्छ । यात्राका लागि शुक्रबारको दिन शुभ हुनेछ ।
मेष
मेष राशिका जातकका रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको विष्णु मन्दिरमा यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । विहानैं सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । तपाईंको यात्रा निकै फलदायी हुनेछ ।
वृष
व्यापारबाट वृष राशिमा जातकका लागि अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । आजको दिन कसैप्रति अपमान हुने कुरा नगर्नुहोला ।
मिथुन
आजको दिन परिवार र आफन्तजनले तपाईमाथि साथ सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ । मौन रहनु तपाईको लागि आज निकै फलदायी रहेको छ ।
कर्कट
आजको दिन तपाईको शुभ रहेको छ । त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ।
सिंह
यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ । अध्यामिक यात्राले तपाईलाई फाइदा हुनेछ।
कन्या
कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्धमा चिसो पन आउन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन कन्याहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । कुनै देवीको मन्दिरमा यात्रा गर्दा पनि हुन्छ ।
तुला
आजको दिन शुरु गरेको काम सफल हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । अर्थहानी हुन सक्नेछ ।
वृश्चिक
वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । सूर्योदयको दर्शन र जल अभिषेक गर्नु गर्दा सोच अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ।
धनु
धनु राशि भएका जातकका लागि ग्रहहरु बलिया छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।
मकर
आजको दिन मानसम्मान मिल्ने छ । विहानको सूर्योदयको दर्शन गरेपछिको दिन त उत्तम हुनेछ । आजको दिन देवस्थलको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । आजको यात्रा निकै फलदायी हुनेछ ।
कुम्भ
व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन व्रत गर्दा तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । साँझको समयमा यात्रा नगर्नुहोला ।
मीन
विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यबसायमा हानी हुनसक्नेछ । आज व्रत गरेर, मौन रहेर नियमित काममा एकचित्त भएर लाग्नु वेश हुनेछ ।













नेकपाले पनि टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (नामावलीसहित)
Nine rhinos die in and around CNP in last six months
महोत्तरीमा थपिए ३७ मतदान केन्द्र
Local level closes schools to avoid severe cold in Kailali
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया