काठमाडौँको बेसीगाउँमा बसको ठक्करबाट युवकको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख २ गते १२:०४
काठमाडौँको बेसीगाउँमा बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार ओखलढुंगा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
घाइते भएका स्कुटर चालक र स्कुटरमा पछाडि सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ३ जना सवार बागमती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
हिजो मध्यान्ह १२ बजे भएका सवारी दुर्घटनामा संलग्न चालकलाई बससहित प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया