उद्योगले सुपारी आयातको अनुमति पाउँछन्ः मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगले आवश्यकता सुपारी आयातको अनुमति पाउने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै बडूले उद्योगको आवश्यकता अनुसार नै सरकारले सुपारी आयातको अनुमति खुलाएको बताएका हुन् । उनले व्यवसायीले कच्चा पदार्थ ल्याउने तर उद्योगीले आवश्यक कच्चा पदार्थ नपाउने गुनासो बढेपछि सरकारले औद्योगिक प्रयोजनका लागि मात्र सुपारी आयातको अनुमति दिइएको जिकिर गरे ।
“उद्योगीको गुनासोपछि हामीले कच्चा पदार्थ आवश्यक पर्ने उद्योगलाई मात्र कच्चा पदार्थ आयातको अनुमति दिनुपर्छ भनेर नै तोकेका हौँ । यसअघिको सरकारले अपारदर्शी निर्णय गर्दा अहिले समस्या देखिएको हो, हामीले आयातलाई व्यवस्थित गर्दैछौँ, कच्चा पदार्थ नपाएकै कारण कुनै पनि उद्योग बन्द हुँदैनन्”, उनले भने । उनले सरकारले सुपारी आयातलाई व्यवस्थित गर्ने काम गरिरहेको भन्दै आयात खुलाउनुपर्नेमा जोड दिए ।
“समितिले अध्ययन गर्ने भन्दै सुपारी आयातको अनुमति रोकेको रहेछ । तपाईंहरुले अध्ययन गरिसक्नुभयो, सुझाव भए केही पाऊँ, होइन भने अहिले रोकिएको आयात खुलाऊँ”, उनले भने । उनले आयात खुलाउनुपर्ने माग गरेपछि समितिका सभापति विमल श्रीवास्तवले आइतबार थप छलफल गरेर थप निर्णय गरिने बताए ।
गत चैत २३ गते समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफल गर्दै तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको थियो । समितिकोे निर्देशनअनुसार वाणिज्य विभागले हाल सुपारी आयातको अनुमति रोकेको छ ।
समितिको बैठकमा सहभागी पान तथा गुट्खा उद्योगका प्रतिनिधिले कच्चा पदार्थ नहुँदा उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका थिए । श्रीराम टोबाको उद्योगका प्रतिनिधि रघु घिमिरेले पर्याप्त मात्रामा सुपारी नहुँदा उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । यस्तै पान व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर अधिकारीले सरकारकै कारण रोजगारी गुम्ने खतरा बढेको बताए ।













सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया