काठमाडौंका सडकबाट ५५ बालबालिकाको उद्दार

काठमाडौं । काठमाडौं उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरुको उद्दार गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरुबाट संयुक्त रुपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै हिँड्ने बालबालिको उद्दार गरिएको हो ।
उनीहरुले सडक यात्रुहरुसँग माग्दै हैरानी दिनुका साथै आवागमनमा समेत अवरोध पुर्याउदैं आएका थिए । ३३ जना बालक र २२ जना बालिका गरी ५५ जनाको उद्दार गरी बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको हो ।
आफ्ना बालबालिकाहरुको उचित हेरचाह, लालन-पालन, रेखदेख गर्न सबै अभिभावकमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ ।
सडक पेटीमा बालबालिकाहरुलाई छाडी माग्न लगाई सडक पेटीमा हिड्ने पैदल यात्रुहरुलाई हैरानी दिई आवागमनमा बाधा अवरोध पुर्याउने कार्यमा संलग्न गराएको पाइएमा प्रचलित ऐन, कानून बमोजिम कारवाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया