भदौ ३ मा रिलिज हुने चलचित्र ‘प्रेमगन्ज’को टिजर कपिराइट फ्रि, धेरै दर्शक ल्याउनेलाई पुरस्कार

काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपिराइट फ्रि गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युब, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न सकिने जानकारी गराएका छन् ।
निर्देशक सेनले यसरी राखिएको टिजरमा सर्वाधिक दर्शक ल्याउने तीनै प्लेटफर्मका विजेतालाई पुरस्कारको पनि घोषणा गरिएको जानकारी गराएका छन् । तीन प्लेटफर्ममा तीन विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
‘फिल्मले भ्युज ,कमेन्ट र सेयरको आधारमा उत्कृष्ट हुने तीन युट्युब च्यानल , फेसबुक र टिकटकरलाई फिल्मको प्रिमियर सोमा रेडकार्पेटसहित आकर्षक पुरुस्कार प्रदान गरिनेछ’ सेनले जनाए ।
निर्माता अनन्तमान श्रेष्ठका अनुसार यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ । चलचित्रको टिजर यही तीन गते तीन बजे सार्वजनिक हुँदै छ । श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ । भिडियो बुढासुब्बा युट्युब च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ ।
परिच्छेद सेनकै लेखन रहेको यो चलचित्रबाट बैंकर पृष्ठभूमिका तेज गिरीले डेब्यू गर्दैछन् । फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।
यस्तै, फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।
स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।
















प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
गृहमन्त्रीद्वारा काठमाडौँका कारागारहरूको निरीक्षण- सुधारका लागि निर्देशन
२३ सदस्यीय महिला फुटबल टोली घोषणा
कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया