युक्रेनलाई हतियार दिएको भन्दै अमेरिका र नाटोलाई रुसको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८ सय मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई ‘अनपेक्षित परिणाम’ भोग्नु पर्ने चेतावनी दिएको छ ।
वाशिंगटन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ । युक्रेनमा हतियार प्रणालीले ‘अप्रत्याशित परिणामहरू ल्याउन सक्छ,’ अल्जाजीराले रिपोर्ट गरेको छ ।
‘हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैरजिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौँ, जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ,’ नोटमा भनिएको छ ।
उल्लेखनीय कुरा के छ भने अमेरिकी सैन्य सहायता प्याकेजमा तोपखाना प्रणाली, आर्टिलरी राउण्ड, बख्तरबंदलगायत समावेश छन् ।
















सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया