जसले १८३ जनावर र चराचुरुङ्गी जिउँदै फ्रिजमा राखे…
काठमाडौँ । अमेरिको एरिजोनामा प्रहरीले एक व्यक्तिलाई आफ्नो फ्रिजमा कुकुर, बिरालो, चराचुरुङ्गीलगायत १८३ जनावर भेटिएपछि पक्राउ गरेको छ । ४३ वर्षीय माइकल प्याट्रिक टर्ल्याण्डले केही जनावरहरूलाई जीवितै फ्रिज गरेको स्वीकार गरेको मोहावे काउन्टी शेरिफको कार्यालयले जनाएको छ ।
उनीमाथि ९४ वटा पशु क्रुरता गरेको आरोप लगाइएको छ । घटनास्थलका तस्वीरहरू ‘पूर्ण रूपमा घृणित र हृदयविदारक भएको’ शेरिफकी प्रवक्ता अनिता मोर्टेनसेनले बताइन् ।
‘एक पशु प्रेमीका रूपमा म तिनीहरूलाई हेरेर रोइरहेको थिए’ उनले भनिन् । अधिकारीहरूले टर्ल्याण्डकी श्रीमती ब्रुकलायन बेकको खोजी गरिरहेका छन् । एक महिलाले दिएको सूचनाको आधारमा उनी पक्राउ परेका थिए ।
ती महिलाले सर्पहरू प्रजनन गर्न टर्ल्याण्डलाई दिएकी थिइन् । तर, उनी केही महिनापछि बेपत्ता भएका थिए । टर्ल्याण्ड र उनकी श्रीमती घरबाट बाहिरिएपछि मालिकले आफूलाई सम्पर्क गरेको महिलाले प्रहरीलाई बताएकी छन् ।
उनले जनावरलाई फ्रिजमा राख्नुको उद्देश्य प्रष्ट नभएको बताइएको छ । जनावरलाई जिउँदै फ्रिजमा राखेर उनीहरूलाई यातना दिएको हुनसक्ने अनुमान गरिएको छ ।















शिक्षामन्त्री पुनले दिए राजीनामा
हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया