मेयर नपाए टीकापुर नगरमा माओवादीले गठबन्धन नगर्ने

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकामा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले मेयर पद पाए मात्रै सत्ता साझेदारी दलसँग सहकार्य गर्ने जनाएको छ ।
माओवादीको नगर कमिटीका सचिव खुसीराम थारू र अध्यक्ष खडक बहादुर शाहले संयुक्त विज्ञप्ति जारी गर्दै सम्मानजनक गठबन्धन हुनु पर्ने बताएका हुन् । उनीहरूले आफ्नो पार्टी गत स्थानीय निर्वाचनमा दोस्रो भएको बताउँदै गठबन्धन भए नगर प्रमुख पाउनु पर्ने दाबी गरेका छन् ।
‘गठबन्धनको मर्म र भावना एवम् मापदण्डअनुसार गत स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा हाम्रो पार्टी उपविजेता तथा नेपाली कांग्रेस चौथो स्थानमा रहेकाले हाल हाम्रो पार्टीको सदस्य संख्या जिल्लाकै सर्वाधिक तीन हजार ३३२ भएकाले हामीले नगरप्रमुख पद लिएर मात्र सम्मानजनक गठबन्धन गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि, प्रमुख पद नपाएको खण्डमा सम्मानजनक गठबन्धनको औचित्य समाप्त हुने छ, हामी र हाम्रो पार्टी एकल रुपमा निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम छौँ ।’
गत स्थानीय निर्वाचनमा यस नगरबाट नेकपा एमालेले मेयर पदमा विजयी हासिल गरेको थियो । नेपाली कांग्रेस चौथो भएको थियो ।
















सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया