शुक्रबार, चैत २०, २०८२

बेलायतका प्रधानमन्त्रीलाई रुस प्रवेशमा प्रतिबन्ध

मेरोन्यूज २०७९ वैशाख ३ गते २१:२७

काठमाडौँ । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायती अधिकारीले रुसविरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीले जनाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ । त्यसैगरी रुसविरुद्ध लड्का लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ ।

युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशले रुसी कुटनीतिज्ञलाई आफ्नो देशबाट निकाला गरेका छन् । धेरै देशहरूले क्रमशः रुसी अधिकारीहरूलाई देश निकाला गरिरहेका बेला रुसले बेलायतका उच्च अधिकारीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।

रुसले बेलायतका विदेशमन्त्री, रक्षा मन्त्रीसहित उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाइएको जनाएको छ ।

प्रतिक्रिया