मंगलबार, माघ १३, २०८२

विराटनगरको मेयरमा कांग्रेसले गर्यो डिला संग्रौलासहित ७ जनाको नाम सिफारिस

उपमेयरमा १२ जनाको नाम सिफारिस

मेरोन्यूज २०७९ वैशाख ४ गते ७:२३

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको मेयर पदका लागि सातजनाको नाम सिफारिस गरिएको छ । कांग्रेस महानगर समितिले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ७ जनाको नामसहितको सूची केन्द्रमा सिफारिस गरेको हो । जसमा अहिलेको वर्तमान मेयरदेखि सांसदसम्म नाम मेयरमा सिफारिस गरेको हो ।
यी हुन कांग्रेस विराटनगरका मेयरमा सिफारिस
कांग्रेसले महानगरपालिकाको मेयरको नामावली महानगर समितिले पठाउँने तर टिकट भने केन्द्रले दिने व्यवस्था गरेको छ ।
मेयरमा सिफारिस भएका नामहरुमा ,नगरसभापति दीपक चापागाईं, उपमेयर इन्दिरा कार्की, सांसद डीला संग्रौला, अमृत अर्याल, वर्तमान मेयर भीम पराजुली, नागेश कोइराला र गोपाल रेग्मीको नाम छ ।
जसमा कोइराला, कार्की र चापागाई शेखर कोइराला पक्षधर हुन् भने संग्रौला, अर्याल, पराजुली र रेग्मी संस्थापन पक्षनिकट हुन् ।
उपमेयरमा १२ जनाको नाम सिफारिस
पार्टीका नगर सभापति दीपक चापागाईंले उपमेयरमा १२ जनाको नाम सिफारिस भएको जानकारी दिए ।

उनका अनुसार उपमेयरका लागि प्रमिला गच्छदार, झुमा गौतम, निरज कोइराला, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।
२०७४ लाई फर्केर हेर्दा
यसअघि अर्थात वि.स.२०७४ को स्थानीय निर्वाचनमा पराजुली २३ हजार ३१ मत ल्याउँदै मेयरमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वदी नेकपा (एमाले)का विनोद ढकालले १७ हजार ३२१ मत पाएका थिए ।
संघीय समाजवादीका नेता उमेशकुमार यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया