विराटनगरको मेयरमा कांग्रेसले गर्यो डिला संग्रौलासहित ७ जनाको नाम सिफारिस
उपमेयरमा १२ जनाको नाम सिफारिस

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको मेयर पदका लागि सातजनाको नाम सिफारिस गरिएको छ । कांग्रेस महानगर समितिले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ७ जनाको नामसहितको सूची केन्द्रमा सिफारिस गरेको हो । जसमा अहिलेको वर्तमान मेयरदेखि सांसदसम्म नाम मेयरमा सिफारिस गरेको हो ।
यी हुन कांग्रेस विराटनगरका मेयरमा सिफारिस
कांग्रेसले महानगरपालिकाको मेयरको नामावली महानगर समितिले पठाउँने तर टिकट भने केन्द्रले दिने व्यवस्था गरेको छ ।
मेयरमा सिफारिस भएका नामहरुमा ,नगरसभापति दीपक चापागाईं, उपमेयर इन्दिरा कार्की, सांसद डीला संग्रौला, अमृत अर्याल, वर्तमान मेयर भीम पराजुली, नागेश कोइराला र गोपाल रेग्मीको नाम छ ।
जसमा कोइराला, कार्की र चापागाई शेखर कोइराला पक्षधर हुन् भने संग्रौला, अर्याल, पराजुली र रेग्मी संस्थापन पक्षनिकट हुन् ।
उपमेयरमा १२ जनाको नाम सिफारिस
पार्टीका नगर सभापति दीपक चापागाईंले उपमेयरमा १२ जनाको नाम सिफारिस भएको जानकारी दिए ।
उनका अनुसार उपमेयरका लागि प्रमिला गच्छदार, झुमा गौतम, निरज कोइराला, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।
२०७४ लाई फर्केर हेर्दा
यसअघि अर्थात वि.स.२०७४ को स्थानीय निर्वाचनमा पराजुली २३ हजार ३१ मत ल्याउँदै मेयरमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वदी नेकपा (एमाले)का विनोद ढकालले १७ हजार ३२१ मत पाएका थिए ।
संघीय समाजवादीका नेता उमेशकुमार यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया