केन्द्रीय समितिको निर्देशनविपरीत कांग्रेसले लियो मेयरका आकांक्षीसँग २५ हजार रुपैयाँ

पोखरा । नेपाली कांग्रेसले केही दिनअघि आकांक्षीसँग शुल्क नलिई नाम सिफारिस गर्न सर्कुलर पठायो ।
यसअघि पार्टीको चुनावमा मनपरी शुल्क असुलेपछि विवादमा परेको कांग्रेसले अहिले बेलैमा सचेत भएर आकांक्षीको नाम विना शुल्क सिफारिस गर्न निर्देशन दिएको हो ।
तर, पोखरा महानगरपालिकाले भने पार्टीको केन्द्रीय सर्कुलरविपरीत शुल्क उठाएको छ । मेयरलाई २५ हजार र उपमेयरलाई २० हजार दर्ता शुल्क तोकिएको छ । सचिव गणेशबहादुर थापाले यो शुल्क नभई पार्टीलाई सहयोगका रुपमा लिएको बताए ।
‘यो शुल्क होइन । फर्मको शुल्क जम्मा पाँँच सय रुपैयाँ तोकेका छौं । त्यसबाहेक उम्मेद्वारले पार्टीलाई सहयोग गरोस् भनेर लिएका हौं,’ उनले भने, ‘तिर्नैपर्छ भन्ने छैन । फार्म शुल्क बाहेक अरु नदिएपनि केही रोकतोक छैन ।’
उनले पार्टी सन्चालनका लागि कोष नभएकोले आन्तरिक स्रोत खोजी गरेको बताए । मेयरका लागि १० जनाभन्दा बढी आकांक्षी छन् भने उपमेयरमा झन् धेरैको चर्चा छ । कांग्रेसले पोखराको मेयर र उपमेयरका लागि आइतबार अपरान्ह ४ बजेसम्म नाम टिपाउन भनेको छ । अहिले मनोनयन दर्ता धमाधम भइरहेको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया