स्थानीय तह निर्वाचन : अछाममा एमालेकाे उम्मेद्वारी सिफारिस प्रक्रिया जारी

अछाम । आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेद्वारी सिफारिको प्रक्रिया चलिरहेको छ । जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेद्वार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् । जिल्लाका केही पालिकाबाट एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेद्वार छनोट गरेर जिल्लामा पठाएको छ ।
एमालेले ढकारी गाउँपालिकाबाट सर्वसम्मत रूपमा अध्यक्ष र उपाध्यक्षमा पुराना नेता धर्मबहादुर शाही र युवा नेतृ जिल्ला सदस्य मायादेवी बुढालाई उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेको छ ।
कमलबजार नगरपालिकामा एमालेबाट मेयर पदमा कटक साउद सर्वसम्मत सिफारिस भएमा छन् । तुर्माखाद गाउँपालिका कमिटीले अध्यक्षका लागि युवा नेता डम्बर बिसीको नाम सिफारिस गरिएको छ । उनीसँगै नेता बमबहादुर बिसी र नेतृ गौमती शाहीको नाम पनि अध्यक्षमा सिफारिस गरिएको छ ।
उपाध्यक्षको लागि बिमला शाही, निर्मला धमला न्यौपाने र शिद्धादेवी शाहीको नाम सिफारिस गरिएको छ । चौरपाटी गाउँपालिकाको अध्यक्षका लागि एमाले चौरपाटीले जिल्ला कमिटी सचिवालय सदस्य रामबहादुर आउजीसहितका ६ नेताहरूको नाम सिफारिस गरेको छ ।
एमाले पञ्चदेवल विनायक नगर कमिटीले पार्टीबाट नगरका उम्मेदवार छनोट गरेर जिल्ला कमिटी अछामलाई पठाएको जनाएको छ । मेयरमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा तत्कालीन जिल्ला कमिटी अध्यक्ष नन्दबहादुर कडायत, प्रदेश कमिटी सदस्य कमल रावल र जिल्ला कमिटी सदस्य तथा नगर सहइन्चार्ज लक्ष्मी बोगटीको नाम सिफारिस गरिएको नगरकमिटी सचिव बखतबहादुर शाहीले जानकारी दिए । जिल्ला कमिटी सदस्य हस्तना चन्द, राधिका सञ्जाल र महिला नेतृ निर्मला बुढालाई उपमेयरका लागि सिफारिस गरेको छ ।
जिल्लाका १० वटा स्थानीय तहबाट नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको लागि नाम सिफसिरस गरेर जिल्लामा आइसकेको र छलफलको माध्यमबाट टुंगो लगाउने प्रयास भइरहेको जिल्ला सचिव भीम रावलले जानकारी दिए । बाँकी उम्मेद्वारको छनोटका लागि प्रदेशमा सिफारिस गर्ने तयारी भइरहेको र केही पालिकामा सर्वसम्मत सिफारिसका लागि नियमित बैठक जारी रहेका उनको भनाइ छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया