शुक्रबार, चैत २०, २०८२

घुस लिँदै गर्दा पक्राउ परे टोखा मालपोतका खरिदार

मेरोन्यूज २०७९ वैशाख ४ गते २०:२५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालका खरिदारलाई घुससहित पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मालपोत कार्यालय टोखा सरस्वती, काठमाडौँको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई अख्तियारले २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस २० हजार रुपैयाँ माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोग, टंगालबाट खटिएको टोलीले खरिदार तिवारीलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया