बुधबार, माघ १४, २०८२

तीन वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु, १६ घाइते

मेरोन्यूज २०७९ वैशाख ४ गते २१:१८

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा आज तीनवटा सवारी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

दुर्घटनामा तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत २६ वर्षीया मुना गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको नर्भिक अस्पताल काठमाडौँमा उपचारका क्रममा मत्यु भएको हो ।

दुर्घटनामा पछि राजमार्ग एक घण्टा अवरुद्ध भएकोमा सवारीसाधन पाखा लगाएपछि पुनःसञ्चालन भएको हो । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया