बुधबार, माघ १४, २०८२

नेप्से दोहोर अंकले गिरावट

मेरोन्यूज २०७९ वैशाख ५ गते १५:४६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४१ अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४१ अंकले घटेर बन्द भएको हो । योसँगै सेयर बजार परिसूचक २३ सय ४३ अंकमा आइपुगेको छ ।

आज नेप्सेमा एक अर्ब ५३ करोड रुपैयाँ बराबरका ३८ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको थियो । आज कारोबार भएकामध्ये सबै समूहमा गिरावट आएको हो ।

बजार ४१ अंकले घट्दा नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य आज एकै बढेर २७ सय ३७ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया