बुधबार, माघ १४, २०८२

करिब एक करोड मतपत्र छापियो

मेरोन्यूज २०७९ वैशाख ५ गते १६:४२

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि करिब एक करोड मतपत्र छापिएको छ । आवश्यक एक करोड ९४ लाख थान मतपत्रमध्ये ९५ लाख २५ हजार मतपत्र छापिएको हो ।

निर्वाचन आयोगका अनुसार ४६ जिल्लाका लागि उक्त मतपत्र छापिएको हो । सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बाँकी मतपत्र छाप्ने काम भइरहेको जानकारी दिए ।

उनका अनुसार १ करोड ९४ लाख थान मतपत्रमध्ये ९५ लाख २५ हजार मत्रपत्रको छपाइ सकिएको हो ।

प्रतिक्रिया