तनहुँका पाँच मतदानस्थल अति संवेदनशील

तनहुँ । स्थानीय तह निर्वाचनका लागि तनहुँका पाँच मतदानस्थल अति संवेदनशील मानिएको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३८ मतदानस्थल संवेदनशील र ९३ मतदानस्थल सामान्य छन् । ‘भौगलिक विकटता, सुरक्षा निकायको युनिट टाढा भएको र यातायातको सजिलै पहुँच नभएको आधारमा वर्गीकरण गरेका छौँ,’ अर्यालले भने । अति संवेदनशील मतदानस्थलमा कडा सुरक्षा निगरानी हुने उनले बताए । तीन घेरामा सुरक्षाकर्मी हुने उनको भनाइ छ ।
‘संवेदनशील मतदानस्थलमा खटिने नेपाल प्रहरीको संख्या अन्तको तुलनामा बढी नै हुनेछ, बाहिरी घेरामा सशस्त्र प्रहरी हुनेछ, नेपाली सेनाले पनि निगरानी गर्नेछ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले मतदानस्थलको स्थलगत निरीक्षण गरिरहेको छ । निर्वाचन अधिकृत स्थनाीय तहमा खटिएपछि उनीहरूले समेत मतदानस्थलको निरीक्षण गर्ने छन् । जिल्लामा यसपालि एक सय ३६ मतदानस्थलमा दुई सय ९७ मतदान केन्द्र कायम गरिएको छ । अघिल्लो निर्वाचनको तुलनामा ४५ मतदान केन्द्र थप भएका हुन् ।
जिल्लामा २३ दलले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न दल दर्ता गराएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए । राष्ट्रिय मान्यता प्राप्त ६ र जिल्लामा क्रियाशिल १७ गरी कूल २३ दलले निर्वाचनमा भाग लिन दल दर्ता गराएको उनले जानकारी दिए । दुई लाख ४४ हजार तीन सय ४० मतदाताको बीचमा २३ दलका उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन् ।
जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी गरेको ढकालले बताए । बिहीबारसम्म जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने उनको भनाइ छ । कार्यालयले यतिबेला निर्वाचनमा खटिने कर्मचारीको टुंगोसमेत लगाउँदै छ ।
राजनीतिक दलहरू यतिबेला उम्मेदवारको नामावली टुंग्याउने कसरतमा छन् । हालसम्म जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले गठबन्धन गर्ने प्रारम्भिक सहमति भएको छ ।
गठबन्धन दलबीच भने दुरी बढ्दै छ । तर, हालसम्म गठबन्धन तोडिएको अवस्था छैन् । हालसम्मको स्थितलिाई विश्लेषण गर्दा भागबण्डा नमिलेर जिल्लामा गठबन्धन तोडिने प्रवल सम्भावना छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया