मंगलबार, फागुन २६, २०८२

हब इन्टरनेसनले खोल्यो लन्डनमा कार्यालय

मेरोन्यूज २०७९ वैशाख ५ गते १७:४२

काठमडाै‌ । १६ वर्षभन्दा बढी शैक्षिक परामर्श क्षेत्रमा काम गरिरहेको हब इन्टरनेसनल एजुकेसनले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तरमा विस्तार गरेको छ । पछिल्लो समय हबले बेलायतको लन्डनमा आफ्नो शाखा कार्यालय खोलेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि अष्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्स र भियतनाममा कार्यालय सन्चालन गरिसकेको हबले लन्डनमा आफ्नो कार्यालय खुलेपछि बेलायत र आयरल्यान्डमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई लाभ पुग्ने विश्वास लिएको छ ।

हबले जारी गरेको एक विज्ञप्तिअनुसार लन्डनमा खोलिएको कार्यालयले अन्य देशमा जस्तै नेपाली विद्यार्थीका सबै समस्या समाधानका प्रयास गर्नेछ ।

‘यहाँ उच्च शिक्षाका लागि आएका विद्यार्थीलाई कुनै समस्या नहोस् र उनीहरुको जिज्ञासालाई सम्बोधन गर्न सकौँ भनेर यो अन्तर्राष्ट्रिय कार्यालय खोलिएको हो’, हब इन्टरनेसनल एजुकेसनका निर्देशक राम पौडेलले बताएका छन् । पौडेल बेलायतस्थित हब कार्यालयमा निर्देशकको भूमिकामा रहने र विद्यार्थीहरुले उनलाई सम्पर्क गर्न सक्ने हबले जनाएको छ ।

‘युके र आयरल्यान्ड उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि निकै राम्रा गन्तव्य हुन्,’हब इन्टरनेसनल एजुकेसनका अध्यक्ष उद्धव खड्का भन्छन्, ‘युके पुगेर पनि थप परामर्शको आवश्यकतामा रहेका विद्यार्थीहरुका लागि सहज होस् भनेर हामीले युकेमा कार्यालय खोलेका हौँ । त्यहाँबाट हामीले परामर्शका विभिन्न कार्यक्रम सन्चालन गर्दैछौँ ।’

प्रतिक्रिया