सत्ता गठबन्धनको बैठक सकियो, भाेलि पुन: बस्ने

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक बसेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सबै दलले आआफ्नो अडान नछाडेपछि बैठक निष्कर्षविहीन भएर सकिएको हो ।
गठबन्धनको बैठकले महानगरपालिका र उपमहानरपालिकाको उम्मेदवार टुंग्याउने विषय रहेको थियो । स्रोतका अनुसार सहमति नभई बैठक सकिएको हो ।
बैठक भोलि बिहान पुन: बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
बैठकमा विशेष गरी ६ महानगर र ११ उपमहानगरको भागबण्डाका बारेमा छलफल भएको थियो । तर, सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको हो ।
स्रोतका अनुसार कांग्रेसले सबै महानगर नछोड्ने अडान राखेका छ । यस्तै, कम्तिमा ६ वटा उपमहानगर आफूलाई चाहिने दाबी गरेको छ ।
त्यसैगरी माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले (जसपा)ले एक– एक वटा महानगर चाहिने अडान राखेका छन् ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया