शुक्रबार, चैत २०, २०८२

पोखरामा मेयर नपाए एमालेसँग मिल्ने कास्की एसका अध्यक्षको धम्की !

मेरोन्यूज २०७९ वैशाख ५ गते २१:४०
फाइल फोटो

पोखरा । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यको वक्तव्य जारी गर्दै मेयर नपाए एमाले जाने धम्की दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा गठबन्धनका दलले अपमान गरिरहे एमालेसँग मिल्न सक्ने अध्यक्ष आचार्यले चेतावनी दिएको गठबन्धनका अरु सदस्यहरुले बताए । केन्द्रबाट कांग्रेस र एकीकृत समाजवादी दुवैले मेयरमा उम्मेदवार उठाउने र माहोल हेरेर एउटाले फिर्ता लिने छलफल चलेको खबर पाएपछि आचार्यले उक्त प्रस्ताव ठिक नहुने बताएका हुन् ।

‘माधव जीले कांग्रेस र एसका उम्मेद्वारले उम्मेद्वारी दिन लगाउने र जसको माहोल राम्रो हुन्छ, उसैलाई अगाडि बढाऔँ भन्नु भएछ, त्यो कुरा मैले यहाँ सुनाएँ, र हुन्छ भनेँ,’ कांग्रेस सभापति किशोरदत्त बराल भने, ‘धनराज जीले नेताहरुलाई फोन गर्नु भयो, त्यसपछि नोमिनेसन नै गर्दिनँ, हामी कुनै पनि ठाउँमा दर्खास्त दिँदैनौँ बरु एमालेसँग मिल्छौँ भन्नु भयो ।’

कांग्रेसले कास्कीमा एकीकृत समाजवादीसँग गठबन्धन गर्न नसकिने विज्ञप्तिनै जारी गरेर स्पष्ट पारेको छ ।

प्रतिक्रिया