शुक्रबार, चैत २०, २०८२

युक्रेन मामिलामा समर्थन जुटाउन अमेरिकी चार सांसद शुक्रबार नेपाल आउँदै

मेरोन्यूज २०७९ वैशाख ६ गते ८:०५

काठमाडौं । संयुक्त राज्य अमेरिकाका चार जना सांसद आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन्।
सिनेटर कस्र्टन गिलिब्रान्डको नेतृत्वमा सिनेटर कोरी बुकर, सिनेटर मार्क केली र प्रतिनिधि सभा सदस्य मोन्डेअर जोन्स छन्। टोलीमा अमेरिकी विदेश मन्त्रालयका केही अधिकारी पनि रहने बताइएको छ। अमेरिकी सांसदको टोली तीन दिन अर्थात् आइतबारसम्म नेपालमा रहनेछ।

Advertisement
nepal life insurencenepal life insurence

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र विभिन्न राजनीतिक दलका नेता र सांसदसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।

सिनेटर कर्स्टनले न्युयोर्कलाई प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक पार्टीकी प्रभावशाली सिनेटर हुन्। उनी दुई पटक न्युयोर्कबाट सिनेटर निर्वाचित भइसकेकी छन्।

अमेरिकी सांसद टोलीले भ्रमणअघि आइतबार वक्तव्य जारी गर्दै विश्वमा बढ्दो तनावबीच पोल्यान्ड, संयुक्त अरब एमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमणमा जान लागेको जनाएको छ।  

उनीहरुको भ्रमण नेपाल केन्द्रित भने होइन। पाँच मुलुकको नौ दिने यात्रामा अमेरिकी सांसद निस्केका हुन्। अमेरिकी सांसदहरु दक्षिणी छिमेकी भारत भ्रमणपछि काठमाडौँ आउनेछन्।

अमेरिकी सांसद टोलीले आफ्नो भ्रमण दुई वटा विषयमा केन्द्रित रहने उल्लेख गरेको छ। उनीहरुले जारी गरेको वक्तव्य अनुसार भ्रमणको पहिलो उद्देश्य युक्रेन मामिलामा समर्थन जुटाउनु हो भने दोश्रो सम्बन्धित मुलुकसँग अमेरिकाको द्विपक्षीय सम्बन्ध थप विस्तार गर्नु हो।

यता, सोमबार नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको थियो । सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्रि डा नारायण खड्का र नेपालका लागि अमेरिकन राजदुत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको थियो ।तर परराष्ट्र मन्त्रालयले राजदुतसँग भेटको बारेमा कुनै जानकारी दिएको छैन् ।

प्रतिक्रिया