डोल्पोबुद्ध गाउँपालिकाका सर्वसाधारणले मागे सुरक्षा
सुर्खेत । उपल्लो डोल्पाका सर्वसाधारणले स्वतन्त्र रूपमा मतदान गर्नुपर्ने भन्दै सुरक्षा माग गरेका छन् । डोल्पोबुद्ध गाउँपालिकाको धो तरापमा बसेको स्थानीय र जनप्रतिनिधिको भेलाले सुरक्षाको माग गरेका हुन् ।
सयौँ युवाहरू डोल्पोबुद्धमा परिचालन गरेर निर्वाचनमा धाँधली गरी मतदान स्थल कव्जा गर्ने रणनीति सुरु भएको भन्दै सर्वसाधारणले सुरक्षाको माग गरेका हुन् ।
केही समयअघि माओवादी केन्द्रका अध्यक्षले उपल्लो डोल्पामा भ्रमण गर्दासमेत सुरक्षाकै माग गरिएको थियो । आफूहरूले कहिल्यै पनि स्वतन्त्र रूपमा मतदान गर्न नपाएको भन्दै उनीहरूले तत्काल सुरक्षा दिन जिल्लास्थित सरकारी संयन्त्रसँग माग गरेका छन् । उनीहरूले पटक पटक उपल्लो डोल्पामा लुटपाटदेखि विभिन्न अपराध हुँदै आए पनि राज्य मौन बसेकोसमेत आरोप लगाएका छन् ।
उपल्लो डोल्पाको तीन पालिकामा एकलौटी गर्दै आएको समूहले फेरि पनि स्वतन्त्र रूपमा मतदान गर्न नदिन गुण्डाहरू परिचालन गरेको जनप्रतिनिधिले बताएका छन् । अपरिचित मान्छेहरूको ठूलो समूह डोल्पोबुद्धमा प्रवेश गरेको प्रहरीले पनि स्वीकार गरेको छ ।
यता प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले सुरक्षाकर्मी परिचालनको काम सुरु भएको बताए । सुरक्षाको माग गरेको आफूसम्म आइपुगेको र सोहीअनुसार काम भएको प्रजिअ अधिकारीले बताए । २०७० सालमा धो तरापमा गोलबजारमा दुईजनाको हत्या भए पनि अहिलेसम्म न्याय नपाएको आवाज उठेको छ ।
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया