आइएमई पेबाट हवाई टिकट काट्दा तीन सय रुपैयाँसम्म छुट

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले हवाई उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।
सेवाग्राहीले आइएमई पे एपमार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यास ब्याकका साथै अतिरिक्त तीन सय रुपैयाँ छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको छ । यात्राका लागि सबैभन्दा सहज माध्यम हवाई उडान भएकाले, आइएमई पेले यात्रुलाई हवाइ उडानमार्फत यात्रा गर्न प्रोत्साहन यस्ता योजना प्रस्तुत गर्दै आएको छ ।
नयाँ योजनाअनुसार हवाई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणीय गन्तव्यको फ्री हवाई टिकट प्रदान गर्ने योजना आईएमई पेले ल्याउने गरको छ ।
योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलोपटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलोपटक आईएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीले मात्र यो अफरमार्फत छुट पाउने छन् । फर्स्ट टाइम युजर्सले आईएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकका अतिरिक्त छुट पाउने छन् ।
अरु प्रयोगकर्ताले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एपमार्फत हवाई उडान टिकट बुक गर्न सक्ने छन् ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया