लुम्बिनीका तत्कालीन प्रदेश सचिव अधिककारीसहित चार जनाविरुद्ध मुद्दा दायर
मेरोन्यूज
२०७९ वैशाख ६ गते १४:५८
काठमाडौँ । लुम्बिनी प्रदेश रुपन्देहीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएको छ ।
रूपन्देहीको कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ मा किसानहरूलाई कृषि यन्त्र आपूर्ति गर्ने भन्दै उनीहरूले आर्थिक अनियमिता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले लुम्बिनी प्रदेश बुटवलले रुपन्देहीका तत्कालीन प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूविररुद्ध ४३ लाख ३७ हजार ५०० रुपैयाँ बिगो माग दाबी गरिएको छ । यस्तै, तीन महिनादेखि तीन वर्षसम्म कैद भुक्तानी सजाय माग गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
सम्बन्धित












हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया