गृहमन्त्री खाँण र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटघाट गरेका छन् । गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको हो ।
भेटमा गृहमन्त्री खाँणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरेका थिए । उनले उच्च शिक्षा अध्ययन गर्न र ईपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीहरूलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार तथा कोरियाका उद्योगीलाई धन्यवाद दिए ।
त्यस्तै, पछिल्लो समय नेपालको विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन गर्न कोरियन पर्यटक नेपाल आउने गरेको गृहमन्त्री खाँणले बताए । भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठूलो विकासको प्रशंसा गर्दै गृहमन्त्री खाँणले कोरियन गाडी, मेसिनहरू र मोबाइललगायतका कोरियन प्रविधियुक्त सामान नेपालले आयात गरेर उपभोग गरिरहेको बताए ।
उनले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाध रूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहको बताए । भेटमा दक्षिण कोरियाका राजदूत चोङ सुकले कोभिड–१९ का कारण रोकिएको ईपीएस अब सुरु हुने चरणमा रहेको जानकारी गराए ।
त्यस्तै, कोभिडले कोरियन पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा कोरियन पर्यटक नेपाल आउने सम्भावना बढेको राजदूत चोङ सुकले बताए । अब वर्षमा करिब ३० हजार कोरियन पर्यटक नेपाल आउने आकलन राजदूतावासले गरेको उनको भनाइ थियो ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया