ललितपुर महानगर जित्ने मै हुँ : मेयर महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबण्डा आफूहरूले मान्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनले महानगरमा गर्ने भागबण्डा आफूहरूले मान्ने बताएका हुन् ।
उनले ललितपुर महानगर कांग्रेसले पहिलेको निर्वाचनमा जितेकाले यसपटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए । ललितपुर महानगरको मेयर र उपमेर आफूहरूले राख्ने उनको दाबी थियो ।
त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरू पनि आफूहरूले राख्ने र बाँकी १९ वटा वडामा पनि दाबी गर्ने उनको भनाइ थियो ।
‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नु पर्छ र हामी मान्छौँ, ललितपुर हामी छोड्दैनौँ, हामीले त जितेको ठाउँ हो नि त, छोड्ने भन्ने त प्रश्नै आउँदैन,’ उनले भने, ‘मेयर र उपमेयर हामी राख्छौँ, २९ वडामा १९ वडा भागबण्डा गर्छौं, १० वडा हामी नै राख्छौँ, भागबण्डा गर्दा हामी घटीमा ५० प्रतिशत लिन्छौँ, मैले पाउँछु फरकै पर्दैन, जितेको मेयर मै हुँ, जित्ने पनि मै हुँ, गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरश पालना गर्छौं ।’
उनले ललितपुर महानगरमा मेयरको उम्मेदवार आफू भएको बताए । आफूले नै मेयरको टिकट पाउने उनले दाबी थियो ।
















अर्को समुद्री युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ :ट्रम्प
Heavy snowfall in Mustang, Humla and Bajura districts
चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने
Mid-Hill Highway obstructed in Baglung due to heavy snowfall
राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया