शुक्रबार, चैत २०, २०८२

ललितपुर महानगर जित्ने मै हुँ : मेयर महर्जन

मेरोन्यूज २०७९ वैशाख ६ गते १७:०८

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबण्डा आफूहरूले मान्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनले महानगरमा गर्ने भागबण्डा आफूहरूले मान्ने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले ललितपुर महानगर कांग्रेसले पहिलेको निर्वाचनमा जितेकाले यसपटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए । ललितपुर महानगरको मेयर र उपमेर आफूहरूले राख्ने उनको दाबी थियो ।

त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरू पनि आफूहरूले राख्ने र बाँकी १९ वटा वडामा पनि दाबी गर्ने उनको भनाइ थियो ।

‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नु पर्छ र हामी मान्छौँ, ललितपुर हामी छोड्दैनौँ, हामीले त जितेको ठाउँ हो नि त, छोड्ने भन्ने त प्रश्नै आउँदैन,’ उनले भने, ‘मेयर र उपमेयर हामी राख्छौँ, २९ वडामा १९ वडा भागबण्डा गर्छौं, १० वडा हामी नै राख्छौँ, भागबण्डा गर्दा हामी घटीमा ५० प्रतिशत लिन्छौँ, मैले पाउँछु फरकै पर्दैन, जितेको मेयर मै हुँ, जित्ने पनि मै हुँ, गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरश पालना गर्छौं ।’

उनले ललितपुर महानगरमा मेयरको उम्मेदवार आफू भएको बताए । आफूले नै मेयरको टिकट पाउने उनले दाबी थियो ।

प्रतिक्रिया