पल शाहविरुद्ध जाहेरी दिएका पीडित बालिकाका बुबाले फेरे बयान
मेरोन्यूज
२०७९ वैशाख ६ गते १८:०४

काठमाडौँ । अभिनेता पल शाहमाथि बलात्कारको आरोपमा जाहेरी दिएकी नाबालिक गायिकाका बाबुले बयान फेरेका छन् । उनले जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा बयान फेरेका हुन् ।
उनले शुरुमा आफूले जाहेरी दिएको तर, पछि बुझ्दै जाँदा त्यो कुरा यथार्थ नभएको भन्दै बयान फेरेका हुन् ।
बालिकाका बाबुको जाहेरीका आधारमा प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा राखेर बलात्कारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशसँगै शाह हाल पुर्पक्षका लागि थुनामा छन् ।
पीडित बालिकाका बाबुले पहिले नै बयान फेर्ने संकेत दिएका थिए । दुई दिनअघि पीडित बालिकाले पनि बकपत्रका क्रममा बयान फेरेका थिए ।
उनले आफूमाथि बलात्कार नभएको बताउँदै कलाकार शाह र आफू मिल्ने साथी भएको बताएकी थिइन् ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया