शुक्रबार, चैत २०, २०८२

गठबन्धनको छलफल सहमति नजिक : मन्त्री कार्की

मेरोन्यूज २०७९ वैशाख ६ गते १९:३१
फाइल फोटो

काठमाडौँ । आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो तीन बजेदेखि बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटार बैठक बसेको थियो ।

सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘बैठकमा हरेक कोणबाट विचारहरू आएका छन्, सबै सकारत्मक रुपले अघि बढेका छन्,’ उनले भने, ‘बैठक जारी छ, छलफल सकारात्मक रुपले अघि बढिरहेको छ, हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौँ, अहिले बैठक जारी छ ।’

आफूहरू ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए ।

‘हामीले समग्रमा ६ वटा महानगर र ११ उपमहानगरको विषयमा छलफल गरेका छौँ, र अन्तिम निर्णयमा सकारात्मक रुपमा पुग्न लागेका छौँ,’ उनले भने ।

प्रतिक्रिया