गठबन्धनको बैठक राति १० बजे पुनः बस्ने
मेरोन्यूज
२०७९ वैशाख ६ गते २०:५८

काठमाडौँ । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक राति १० बजे पुन बस्ने भएको छ । आज दिउँसो ३ बजेदेखि शुरु भएको बैठक पुनः बस्ने गरी स्थगित भएको हो ।
बैठकमा महानगर र उपमहानगरको भागबण्डाबारे सैद्धान्तिक सहमति नजिक पुगेको सरकारका प्रवक्ता तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यद्यपि, औपचारिक सहमति भने हुन बाँकी रहेको उनले बताए ।
सहमतिअनुसार अन्य दलले पाएका महानगरमा कांग्रेसले उपप्रमुख पाउने र कांग्रेसले पाएका महानगरमा अन्य दलले उपप्रमुख पाउने गरी सहमति नजिक पुगेको एक नेताले बताए ।
सहमतिमा काठमाडौँ, ललितपुर र विराटनगर महानगरको प्रमुख कांग्रेसले पाउने भएको छ । यस्तै, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगर पाउने गरी दलहरू सहमति नजिक पुगेका बताइएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया