गठबन्धनको बैठक राति १० बजे पुनः बस्ने
मेरोन्यूज
२०७९ वैशाख ६ गते २०:५८

काठमाडौँ । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक राति १० बजे पुन बस्ने भएको छ । आज दिउँसो ३ बजेदेखि शुरु भएको बैठक पुनः बस्ने गरी स्थगित भएको हो ।
बैठकमा महानगर र उपमहानगरको भागबण्डाबारे सैद्धान्तिक सहमति नजिक पुगेको सरकारका प्रवक्ता तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यद्यपि, औपचारिक सहमति भने हुन बाँकी रहेको उनले बताए ।
सहमतिअनुसार अन्य दलले पाएका महानगरमा कांग्रेसले उपप्रमुख पाउने र कांग्रेसले पाएका महानगरमा अन्य दलले उपप्रमुख पाउने गरी सहमति नजिक पुगेको एक नेताले बताए ।
सहमतिमा काठमाडौँ, ललितपुर र विराटनगर महानगरको प्रमुख कांग्रेसले पाउने भएको छ । यस्तै, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगर पाउने गरी दलहरू सहमति नजिक पुगेका बताइएको छ ।
सम्बन्धित
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया