नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ : नेता गुरुङ
मेरोन्यूज
२०७९ वैशाख ६ गते २०:५६
काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि तालमेलको टुंगो लगाउन बसिरहेको सत्ता गठबन्धनको बैठक सकारात्मक भएको नेताहरूले प्रतिक्रिया दिएका छन् ।
सोमबार दिनभर र आज दिउँसो ३ बजेदेखि बसेको बैठक निष्कर्ष नजिक पुगेको उनीहरूको दाबी छ । सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताए ।
त्यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि सहमति सकारात्मक भएको र खाना खाएर आएपछि गृहकार्य गर्ने बताए ।
नेताहरूले सहमतिको माइन्युटमा हस्ताक्षर गर्न बाँकी रहेको उनले दाबी गरे । अब उपमहानगरको पनि टुंगो लगाउने उनको भनाइ छ ।
‘नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ, हस्ताक्षर नगरी भन्न भएन, उपमहानगरको पनि टुंगो लगाउछौं,’ नेता गुरुङले भने । बैठक आजै राति १० बजेपछि पुन बस्ने जनाइएको छ ।
सम्बन्धित
















Gold, silver prices set new records in domestic market
म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात
यी हुन् महोत्तरी, तनहुँ र सोलुका संवेदनशील मतदानस्थल
One dies in motorcycle accident
36 days to go for voting: Officers assigned for monitoring election code of conduct
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
प्रतिक्रिया