सिरहाबाट १० हजार ६४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

सिरहा । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण पछिल्लो दुई वर्षदेखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी वैशाख ९ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ । यसपालिको एसईई पहिलाकै जस्तो सामान्य अवस्थामा शुरु गर्न लागेको हो ।
एसईई परीक्षामा सिराहा जिल्लाबाट १० हजार ६४० जनासमेत गरी देशभरबाट पाँच लाख १४ हजार ७६० जना छात्र छात्रा सहभागी हुने भएका छन् ।
सिराहा जिल्लामा जम्मा एक सय ६२ विद्यालयका विद्यार्थीको लागि ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय ईकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।
प्राविधिक धारतर्फका सबै विद्यार्थीको परीक्षा सदरमुकाम सिरहाको बालमन्दिर विद्यालयमा हुने समन्वय इकाई प्रमुख महतोले जनाए ।
अघिल्लो दुई वर्षसम्म ग्रेड वृद्धिको लागि छुट्टै परीक्षा केन्द्र सञ्चालन गरे पनि योपटक सबैलाई एकै ठाउँमा राखेर परीक्षा लिने भएको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया