इन्डियन प्रिमियर लिग :बेंगलोरको पाँचौ जित
मेरोन्यूज
२०७९ वैशाख ७ गते ६:३४

काठमाडौं । लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ ।
१८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँँदै १६३ रनमा समेटियो ।
लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ४२ रन बनाए । लोकेश राहुलले ३० रनको योगदान गरे ।
बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको योगफल तयार पार्यो ।
बेंगलोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान दुई विकेट लिए ।
जितपछी बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।
लखनऊ ७ खेलमा ४ जित र ३ हारसहित चौथो स्थानमा छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया