इन्डियन प्रिमियर लिग :बेंगलोरको पाँचौ जित
मेरोन्यूज
२०७९ वैशाख ७ गते ६:३४

काठमाडौं । लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ ।
१८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँँदै १६३ रनमा समेटियो ।
लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ४२ रन बनाए । लोकेश राहुलले ३० रनको योगदान गरे ।
बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको योगफल तयार पार्यो ।
बेंगलोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान दुई विकेट लिए ।
जितपछी बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।
लखनऊ ७ खेलमा ४ जित र ३ हारसहित चौथो स्थानमा छ ।
सम्बन्धित









कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
अझै फर्किएनन् १२४ कैदीबन्दी
प्रतिक्रिया