शुक्रबार, चैत २०, २०८२

एमालेबाट निर्वाचित वडा अध्यक्ष माओवादी प्रवेश

मेरोन्यूज २०७९ वैशाख ७ गते ११:४८

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटीका उप-सचिब नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित मालिका-३ डाँडागाउँका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप-सचिब भुपेन्द्र नेपाली माओवादीमा प्रवेश गरेका हुन् ।

दरबाङमा आयोजित कार्यक्रममार्फत माओवादीले वडा अध्यक्ष पुनलाई पार्टीमा स्वागत गरेको हो । नेपाली भने वडा २ रुम खबाङका युवा नेता हुन् ।

पुन र नेपालीलाई माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका रेशम जुग्जाली (सुविन), प्रदेश कमिटी सदस्य गौरी सेन्चुरी, माओवादीका पालिका कमिटी अध्यक्ष दोरन शेरचन र सचिब धनकुमार पाईजा लगायतले स्वागत गरेको माओवादीले जनाएको छ ।

मालिका गाउँपालिकाको विकास र परिवर्तनका लागि माओवादी र युवा नेता जुग्जालीको नेतृत्व आबश्यक देखेपछि पार्टीमा आबद्ध भएको वडा अध्यक्ष पुनले बताए ।

वडा नम्बर २ का प्रभाबशाली युवा नेताको रुपमा परिचित नेपालीले दलित समुदायले पनि राजनीतिमा अगुवाई गर्नुपर्छ भनेर आफु राजनीतिमा लागेको बताउँदै दलित समुदायको हक, हित र अधिकारको लागि संघर्ष गरेको माओवादी पार्टीमा आबद्ध हुँदा आफुलाई गौरवको महसुस भएको बताएका थिए ।

प्रतिक्रिया