मंगलबार, माघ ६, २०८२

ठमेलस्थित होटल मनाङको सातौँ तलाबाट खसेर विदेशी नागरिकको मृत्यु

मेरोन्यूज २०७९ वैशाख ७ गते १८:२६

काठमाडौं । राजधानिको ठमेलस्थित होटल मनाङबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ । बुधबार बिहान ठमेलको होटल मनाङको सातौँ तलाबाट खसेर पासपोर्ट नम्बर ४९०५२३१ रहेका आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको ज्यान गएको हो ।

Advertisement
thakur moters insidethakur moters inside

प्रहरीका अनुसार उनी न्यू एभरेष्ट होटलमा बसेको खुलेको छ । उनीहरू मादक पदार्थ सेवन गरेर मनाङ होटल पुगेका थिए । मादक पदार्थले लठ्ठिएका उनी राति २ बजे होटलको छतबाट अनियत्रित भएर खसेको प्रहरीको दाबी छ ।

शव पोष्टमार्टम लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । प्रहरीका अनुुसार फिलिप्ससँगै ५ जना साथीहरूले राति विभिन्न पबहरूमा पुगेर मदिरा सेवन गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरू एभरेष्ट बेस क्याम्मसमेत पुगेर फर्किएको खुलेको छ । फिलिप्ससहित उनका साथीहरू ७ अप्रिल २०२२ मा नेपाल आएको खुलेको छ ।

प्रतिक्रिया