३८ हजार घुसहित प्रहरी नायब निरीक्षक पक्राउ

बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित प्रहरी नायब निरीक्षकलाई पक्राउ गरेको छ ।
स्थानीयलाई धम्क्याउने, सेवाग्राहीलाई काम मिलाइदिन्छु भन्दै रकम माग्ने गरेका विपत व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई अख्तियारको पोखराबाट खटिएको टोलीले रंगेहात ३८ हजार रुपैयाँसहित पक्राउ गरेको हो । मंगलबार बेलुकी पक्राउ परेका महतोलाई अख्तियारले बुधबार सार्वजनिक गरेको हो ।
वागलुङ नगरपालिका २ का जनप्रतिनिधिलाई साक्षी राखेर अख्तियारले ती प्रहरीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
महतोले लेनदेन मुद्दा मिलाइदिने भन्दै २ जना सेवाग्राहीलाई पैसा मागेपछि उनीहरु अख्तियार पुगेका थिए । घुमुवा प्रहरीको रुपमा समेत काम गरेका महतोले सादा पोसाकमा बजारमा निस्केर सेवाग्राहीलाई सास्ती दिने गरेको गुनासो थियो ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया