आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

धनगढी । विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
बुधबार प्रतियोगिताको पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३(२ अन्तरले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।
एपिएफलाई उपाधि नजिक पुराउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फकाए ।
एपिएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाईन् । त्यसको ११ मिनेटपछि ३४औं मिनेटमा सरुले नै व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाईन् ।
पहिलो हाफमा २–० ले अगाडी रहेको एपिएफले दोस्रो हाफमा गोल थप्यो ।
खेलको ७१ औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता तेब्बर बनाईन् । खेलको ८७ औं मिनेटमा आर्मीका लागि सपना लामाले गोल गर्दै अग्रता घटाईन् ।
अतिरिक्त समयको ९२ औं मिनेटमा आर्मीका लागि हेमा चौधरीले अर्को गोल गर्दै गोल अन्तरलाई एकमा झारिन् । त्यसपछि गोल हुन नसकेपछि एपिएफ ३–२ को जित निकाल्दै फाईनलमा पुग्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी एपिएफकी सरु लिम्बु प्लेयर अफ द म्याच भईन् । उनले नगद ५ हजार सहित ट्रफी पाईन् ।
वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो सेमिफाईनल खेल हुनेछ । विहीवार हुने दोस्रो सेमिफाईनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।
वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ ।
गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।
प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।
धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ ।
















नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग
बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया