धुर्कोटमा कांग्रेसबाट महेन्द्र भण्डारी गाउँपालिका प्रमुखमा सर्वसम्मत सिफारिस

बुटवल। गुल्मीको धुर्कोटमा नेपाली कांग्रेसबाट महेन्द्र भण्डारी गाउँपालिका प्रमुखमा सर्वसम्मत सिफारिस गरेको छ ।
नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एबम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रुपमा चयन भएका हुन । मंगलबार बसेको गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरि बहादुर थापाले जानकारी दिए ।
थापाले भने,‘ महेन्द्र भण्डारी कांग्रेसका निमित्त आफ्ना ब्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र विकासमा दिएको चासो र चिन्ताका कारण हामी सबै पदाधिकारीले भण्डारीलाई सर्वसम्मत पालिका प्रमुख चयनमा निर्णय गर्यौँ । ’
भण्डारीले कांग्रेसमा मात्र होइन अन्य दलसंग नेताहरुसँग लोकप्रिय नेताका रुपमा पहिचान बनाएका छन् । निरन्तर राजनीतिमा सकृय भण्डारी स्थानिय र राष्ट्रिय स्तरमा आफ्नो छुटै पहिचान बनाएका हुन् ।
२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धन बाट माओवादीका भुपाल पोख्रेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
गठबन्धनको प्रमुख शक्तीका रुपमा रहेको कांग्रेसले प्रमुख पद पाउनेमा गठबन्धनबाट लगभग निश्चित रहेको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया