बुधबार, माघ १४, २०८२

धुर्कोटमा कांग्रेसबाट महेन्द्र भण्डारी गाउँपालिका प्रमुखमा सर्वसम्मत सिफारिस

मेरोन्यूज २०७९ वैशाख ८ गते ९:३७

बुटवल। गुल्मीको धुर्कोटमा नेपाली कांग्रेसबाट महेन्द्र भण्डारी गाउँपालिका प्रमुखमा सर्वसम्मत सिफारिस गरेको छ ।
नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एबम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रुपमा चयन भएका हुन । मंगलबार बसेको गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरि बहादुर थापाले जानकारी दिए ।

थापाले भने,‘ महेन्द्र भण्डारी कांग्रेसका निमित्त आफ्ना ब्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र विकासमा दिएको चासो र चिन्ताका कारण हामी सबै पदाधिकारीले भण्डारीलाई सर्वसम्मत पालिका प्रमुख चयनमा निर्णय गर्यौँ । ’

भण्डारीले कांग्रेसमा मात्र होइन अन्य दलसंग नेताहरुसँग लोकप्रिय नेताका रुपमा पहिचान बनाएका छन् । निरन्तर राजनीतिमा सकृय भण्डारी स्थानिय र राष्ट्रिय स्तरमा आफ्नो छुटै पहिचान बनाएका हुन् ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धन बाट माओवादीका भुपाल पोख्रेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
गठबन्धनको प्रमुख शक्तीका रुपमा रहेको कांग्रेसले प्रमुख पद पाउनेमा गठबन्धनबाट लगभग निश्चित रहेको छ ।

प्रतिक्रिया