काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसनबीच सहकार्य

काठमाडौं । कुमारी जब र मैनादेवी फाउन्डेसनबीच आगामी “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२” को लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको छ ।
‘काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ को लागि सहकार्य गर्न पाउँदा हामी धेरै खुसी छौँ । वास्तवमा हामी सबैले यस्ता वातावरणीय समस्याहरू समाधान गर्न हातेमालो गर्नुपर्छ र युवाहरू यस्ता गतिविधिहरुको महत्वपूर्ण अंश हुन् । साथै नेपालको रोजगारी क्षेत्रलाई पनि यस्तै सचेत र क्रियाशील युवाहरुको खाँचो छ,’ कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने ।
भण्डारी आफैं पनि युवा उद्यमी हुनु भएकोले समय–समयमा यस्ता साझेदारीहरु गरिरहनुपर्ने बताए ।
काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ एक दिने कार्यक्रम हो जहाँ सहभागीहरूले ९० मिनेटमा ६ किलोमिटर दौडदै फोहोर सङ्कलन गर्नु पर्नेहुन्छ । सहभागीहरूले दुई जनाको टोली बनाउनुपर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर सङ्कलन गर्ने ५ वटा टोलीलाई विजेता घोषणा गरिनेछ ।
‘यस सामाजिक कार्यमा हातेमालो गरेकोमा म कुमारी जबलाई धन्यवाद दिन चाहन्छु । एक सामाजिक कार्यकर्ताको हैसियतले हामी सबै मिलेर हाम्रो शहरलाई सफा राख्नुपर्छ भन्ने मेरो विश्वास छ र यसका लागि हामी सबै एकजुट हुनुपर्ने सामाजिक कार्यकर्ता के.पी. खनालले बताए ।
यो रेसमा सबै जना सहभागी हुन सक्नेछन् र यसमा सहभागी हुन पे वेल एप मार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिन्छ । यहि वैशाख १० गते शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज, हात्तीसारबाट शुरु हुने दौडका विजेताले ५० हजार नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया