बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी
मेरोन्यूज
२०७९ वैशाख ८ गते १७:३२
काठमाडौँ । नेपाली कांग्रेसको शीर्ष नेताहरू बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।
आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
‘अहिले कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ,’ उनले भने, ‘निर्वाचनलगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।’
३० वैशाखमा हुने स्थानीय तहमा गठबन्धनका नाममा पाँच दलबीच भागबण्डा गरिएपछि पोखरासहितका स्थानीय तहमा कांग्रेस कार्यकर्ताको विरोध भइरहेका बेला शीर्ष नेताहरूको बैठक बसेको हो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया