उपाधि जित्ने पुलिस र एपीएफको दाबी

काठमाडौं ।कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाइनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् ।
वनदेवी युवा क्लबको आयोजना ३ वैशाखदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुबै टिमले दाबी गरेका छन् । शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा फाइनलिष्ट दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका हुन् ।
उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन् । उनले रातीको समयमा खेल्दा केही कठिनाई भएको भए पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरिन् ।
‘पहिलो पटक लाइटमा खेल्दा आउने समस्याले गाह्राे भइरहेको छ । कुनै बेला लाइट बिग्रिँदा खेलको रिदम बिग्रने समस्या छ,’ कप्तान बस्नेतले भनिन्, ‘सात वर्षपछि फाइनल पुगेका छौं । महिला गोल्डपक पहिलो पटक भएको हुँदा जसले हामी सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पीयन हुन्छौँ । त्यही हिसाबको तयारी छ ।’
एपीएफएका प्रशिक्षक जनकसिंह थारूले पनि जित्नको लागि खेल्ने बताए । ‘लिगमा पनि लगातार जितिरहेका छौं । नकआउट प्रतियोगिता पनि जित्छौं,’ प्रशिक्षक थारूले भने, ‘हामीले पुलिसलाई हराउँदै आएका छौं । फेरि हराएर उपाधि जित्छौं ।’
एपीएफल सेमिफाइनलमा आर्मीलाई ३-२ ले हराएको थियो भने क्वाटरफाइनलमा विराटनगर महानगरपालिकालाई ८-० को फराकिलो अन्तरले हराएको थियो ।
नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दाबी गरेको छ । लामो समयपछि प्रतियोगिताहरूको फाइनलमा पुगेकोले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ ।
पुलिसकी कप्तान घिमकुमारी गुरुङले पनि जित्नको लागि खेल्ने बताइन् । ‘जित्नको लागि खेल्छौं । सबै जनाले त्यही अनुसार तयारी गरेका छौं,’ कप्तान गुरुङले भनिन्, ‘लाइटमा नयाँ अनुभव लिइरहेका छौं । रमाइलो पनि भइरहेको छ । दिउँसो खेलेको भए गर्मी हुन्थ्यो । राती हुँदा सजिलो पनि भएको छ ।’
पुलिसका प्रशिक्षक सञ्जीव जोशीले पनि जित्नकै लागि फाइनल खेल्ने बताए । ‘धेरै वर्षपछि फाइनल पुगेका छौं । जित्नको लागि खेल्छौं,’ प्रशिक्षक जोशीले भने, ‘मैदानमा केही समस्या छ । बललाई चाहेअनुसार खेलाउन गाह्राे भइरहेको छ । नयाँ फर्मेन्स अनुसार टीमले पनि प्रगति पाइरहेको छ । राम्रै नतिजा आउँछ ।’
पुलिसले सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लबलाई ३-० को अन्तरले हराएको थियो भने क्वाटरफाइनलमा चन्द्रपुर नगरपालिकालाई १–० ले हराएको थियो ।
शनिबार धनगढी रंगशालामा समापन हुने गोल्डकपको विजेताले ट्रफीसहित नगद पाँच लाख र उपविजेताले ट्रफीसहित दुई लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।
प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई पाँच हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिताभरि उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।
धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा प्रदेश खेलकुद परिषद् रहेको छ ।









सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
अझै फर्किएनन् १२४ कैदीबन्दी
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया