दाङका ८५ जनप्रतिनिधिले दिए राजीनामा
दाङ । जिल्लामा एक पालिका प्रमुखसहित ८५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन कार्यकाल सकिनुअगावै जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
निर्वाचनका लागि उम्मेदवार मनोनयनको मिति नजिकिएसँगै आगामी नेतृत्वका लागि आकांक्षी बहालवाला जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले स्थानीय तहको कुनै पनि पारिश्रमिक सुविधा पाउने गरी लाभको पदमा नरहेको उद्घोष गर्नु पर्ने र उम्मेदवारी दिनुअघि नै राजनीमा दिनुपर्ने व्यवस्था गरेको छ ।
सोही व्यवस्था बमोजिम दाङमा पनि मेयर, वडाध्यक्ष, सदस्य र जिल्ला समन्वय समिति सदस्य गरी शुक्रबारसम्म ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
घोराहीमा नगरप्रमुख नरुलाल चौधरीले बिहीबार नै राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । उनका अनुसार घोराहीमा अरु थप दुई जना वडा सदस्यले राजीनामा दिएका छन् ।
तुलसीपुरमा शुक्रबारसम्म १० वडाध्यक्ष र २० सदस्यले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेले जानकारी दिए । त्यस्तै, लमही नगरपालिकाका एक वडाध्यक्ष र दुई सदस्य, गढवाका वडाध्यक्ष र सदस्य १९ जना, राप्तीका १८, दंगिशरणका ३, शान्तिनगरका १, बबईका ४ र बंगलाचुलीका छ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया