सिटीको सानदार जित, टोटनहम रोकियो

काठमाडौं । फरवार्ड गाब्रियल जेससको ह्याट्रिकसहित चार गोल प्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डविरुद्ध ५-१ अन्तरको जित निकालेको छ ।
घरेलु मैदान इतिहादमा सिटीलाई सानदार जित दिलाउन ब्राजिलका फरवार्ड जेससले एक्लै चार गोल गरे भने अर्को एक गोल रोड्रीको नाममा रह्यो । वाटफोर्डका हसाने कामराले सान्त्वना गोल फर्काए ।
सुरुवातबाटै आक्रमण खेलमा ध्यान दिएको सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।
जितसँगै सिटी ३३ खेलबाट ८० अंक सहित शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल ४ अंकले पछि छ । पराजित वाट्फोर्ड २२ अंक जोडेर रेलिगेसन जोनमा छ ।
लिगकै अन्य खेलमा टोटनहम ब्रेन्टफोर्डसंग गोलरहित बराबरीमा रोकियो । आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्यो ।
अर्को खेलमा न्युक्यासलले नर्विचलाई ३-० अन्तरले पराजित गर्दै लेस्टर सिटी र एस्टन भिल्लाले गोल रहित बराबर खेले ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया