नेप्सेमा एकै दिन उछाल, आज कति अंकले बढ्यो ?
मेरोन्यूज
२०७९ वैशाख ११ गते १५:४६

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज उच्च अंकले वृद्धि भएको छ । निरन्तर ओरालो लागिरहेको नेप्सेमा आइतबार एकैदिन ९५ अंकले सुधार भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक अधिकतम ९५.४६ अंकले बढ्दै २४ सय २०.९१ अंकमा उकालो लागेको हो । यो गत हप्ताको सूचकको तुलनामा ४.११ प्रतिशतको वृद्धि हो ।
आज १३ वटा उपसूचकमध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको ७.३२ अंकले बढेको छ । सबैभन्दा कम ट्रेडिङ समूहको १.०५ प्रतिशतले मात्र बढेको छ ।
आज कारोबार रकमसमेत वृद्धि हुँदै दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सम्बन्धित













रमेश लेखकको भ्रमण फुकुवा
एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया